सर्लाही । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।
कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरु दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु किनमेल गर्न तथा आफ्ना आफन्तकामा आउने जाने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको छ ।
माानिसहरुले सामान्य स्वास्थ्य मापदण्डको समेत पालना नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमण भयावह हुनेमा जानकारहरु चिन्तित देखिएका छन् ।
सार्वजनिक स्थल, हाटबजार र यातायातका साधनमा यात्रा गर्दासमेत सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना पूरा नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमणको जोखिम थप बढ्न सक्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ ।
कोरोना महामारी पूर्णरुपमा नियन्त्रणमा नभएको भए पनि अधिकांश सर्वसाधारणले खोप लगाइसकेका र चाडपर्वको समयमा बजार क्षेत्र भीडभाड हुनु स्वभाविकै रहेको भन्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई सतर्क भई चाडपर्व मनाउन उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए ।
बजारमा मानिसहरुको भीडभाड रहे पनि कोरोना सङ्क्रमण नियन्त्रण गर्न भन्दै निषेधाज्ञा जारी भएपछि मानिसहरु बेरोजगार भएका र उनीहरुको आम्दानी नभएका कारण किनमेलको काम भने कम भएको स्थानीय व्यापारी श्रीनारायण साहको भनाइ छ ।
जिल्लामा हालसम्म ६८ हजार नौ सय ७८ जनाले कोरोना सङ्क्रमण विरुद्धको पहिलो डोज खोप र एक लाख ७२ हजार दुई सय ६४ जनाले दोस्रो खोपको मात्रा पनि लगाइसकेभने जम्मा जिल्लाभरमा कोरोना खोप लगाउने दुई लाख ४१ हजार दुई सय ४२ जनाले खोप लगाइसकेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
भारतसँग खुल्ला सिमाना भएको सर्लाहीमा भारतबाट आफ्नो घर आउने तथा आफ्ना आफन्तलाई भेट्न जाने आउनेहरुको सङ्ख्यामा वृद्धि भएपछि कोरोना सङ्क्रमण दर बढ्ने चिन्ता त्यतिकै बढेको छ ।
जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास तथा मलङ्गवा लगायतका बजारहरुका साथै वित्तीय संस्थाहरुमा मानिसहरुको भीडभाड त्यतिकै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरिसकेको छ ।
मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




