काठमाडौं । सर्वाधिक खोजीमा रहेका कोलम्बियाका गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार टोनियल भनेर समेत चिनिने उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
राष्ट्रपति इभान डुकेले ओटोनियलको पक्राउलाई जीत भन्दै प्रशंसा गरेका छन् । डुकेले उनी समातिएको घटनालाई तीन दशकअघि लागूऔषध गिरोहका कुख्यात नाइके पाब्लो एस्कोबार पक्राउ परेको घटनासँग तुलना गरेका छन् ।
‘उनको पक्राउ हाम्रो मुलुकले यस शताब्दीमा लागूऔषध तस्करीमाथि गरेको सबैभन्दा ठूलो हमला हो’ डुकेले पत्रकार सम्मेलनमा भने, ‘यसलाई १९९० को दशकमा भएको पाब्लो एस्कोबारको पतनसँग मात्रै तुलना गर्न सकिन्छ ।’
अमेरिकाको ब्रुकलिन र मायामीमा ५० वर्षीय ओटोलियनविरुद्ध अपराधिक गतिविधि जारी राखेको र अन्तर्राष्ट्रिय कोकिन तस्करीमा सामेल भएको लगायतका अभियोग लगाइएको छ । कोलम्बियाली अधिकारीले वर्षौंदेखि ओटोनियललाई खोजी गरिरहेको थिए । यस क्रममा उनका सहयोगी मारिएका थिए भने परिवारका सदस्य समातिएको र उनको सम्पत्तिमाथि छानबिन गरिएको थियो ।
ओटोनियलबारे सूचना दिनेलाई ८ लाख अमेरिकी डलर दिने कोलम्बियाले घोषणा गरेको थियो । त्यस्तै, अमेरिकाले उनको टाउकाको मूल्य ५० लाख डलर तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




