{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1635639762846","origin":"unknown","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"type":"premium","id":"243173517047900"}]}","premium_sources":["243173517047900"],"fte_sources":[]}

जापान । सोजा सिटी स्योवा जुनियर हाइस्कुल, जापान र महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरबीच हातेमालो प्रोजेक्ट (संस्कृति तथा जीवनशैली आदान प्रदान कार्यक्रम 2021) सम्पन्न भएको छ ।

अनलाईन माध्यमबाट भएको उक्त कार्यक्रममा जापानको तर्फबाट पाँच समूहमा विभाजीत भई बिद्यार्थीहरुले आफ्नो देश जापान र विद्यालयको वारेमा पढाइ, संस्कृति जीवन शैली लगायत अत्यावश्यक बोलिचालीका केही शब्द समेत प्रस्तुत गरेका थिए भने नेपालका तर्फबाट तीनजना बिद्यार्थीहरुले हिन्दुहरूको महान् चाड दशैं, विद्यालय र खेलकुदका वारेमा बोल्नुका साथै कराँते खेलसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा सोजा सिटीका मेयर सोईचि काताओका (Souichi Kataoka)पर्वतारोही, शिक्षा प्रेमी, समाजसेवी नोगुची केन(Noguchi Ken)विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारले आ-आफ्नो भनाइहरू राखेका थिए ।

आगामी दिनमा दुबै विद्यालयबीच सुमधुर सम्बन्ध कायम राख्दै जापानिज शैलीमा शिक्षाको गुणस्तर वृद्धि गर्ने विषयमा समेत छलफल भएको बताईएको छ ।यस कार्यक्रमको संयोजन सहित भाषागत सहजीकरण शिक्षा प्रेमी हाल जापानमा कार्यरत् गोदार उपकार थापाले गरेका थिए ।

अध्ययनका लागि जापान आईपुगेका गोदार उपकार थापाको संयोजनमा पर्वतारोही नोगुची केनले स्कुल प्रोजेक्ट संचालन गरी महेन्द्र जनसहयोग विद्यालयमा यस अघिनै जापानको जस्तै सुविधा सम्मपन्न भौतिक पुर्वाधार निर्माण गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार