Sweden's Prime Minister-elect Magdalena Andersson addresses a press conference after the budget vote in the Swedish parliament on November 24, 2021. - Sweden's Prime Minister-elect Magdalena Andersson tendered her resignation just hours after her appointment by parliament, after her budget failed to pass and the Greens Party left the coalition government. (Photo by various sources / AFP) / Sweden OUT

दीपक गौतम

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री मग्दलेना एण्डरसनले प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन पदबाट राजीनामा दिएकी छिन । सामाजिक लोकतान्त्रिक मजदुर पार्टीका तर्फबाट प्रधानमन्त्रीमा निर्वाचित एण्डरसनले सोही दिन पदबाट राजीनामा दिएको बिबिसीले उल्लेख गरेको छ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा भएको बजेट छलफलका क्रममा बिपक्षी दलले पेश गरेको प्रस्ताब पारित भएपछि उनले पदबाट राजीनामा दिएको बिबिसीले जनाएको छ ।

‘बैधानिकता माथि प्रश्न उठेपछि राजीनामा दिनु उपयुक्त ठानेु एण्डरसनले पत्रकारहरुसंग भनिन ुगठबन्धन मध्यको एउटा पार्टीले गठबन्धन छोडेपछि, सरकारले राजीनामा दिनु संवैधानिक अभ्यास हो ।’ उनले अब कुनै एक दलको सरकार बन्ने अपेक्षा समेत गरिन । प्रधानमन्त्रीको राजीनामाको बिषयमा पार्टीका नेताहरुसंग कुराकानी गर्ने सभामुखले बताएको बिबिसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार