लन्डन । बेलायतमा एकै दिन ९० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक साताभित्र सङ्क्रमण दर ७४ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् । बुधबार दैनिक सङ्क्रमण ७८ हजार भन्दा बढी रहेकोमा आज बिहीबार सङ्क्रमित सङ्ख्या बढेर ८८ हजार नाघेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८८ हजार ३७६ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या महामारीयताकै उच्च हो । यसअघि गत जनवरीमा लकडाउन जारी रहँदा सबैभन्दा उच्च सङ्क्रमित सङ्ख्या ६८ हजार पुगेको थियो ।
योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दश लाख ९७ हजार ८५१ पुगेको छ। बेलायतमा एक सातामा चार लाख ४२ हजार भन्दा बढी सङ्क्रमित थापिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
क्रिसमसको समय नजिकिँदै गर्दा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेपछि यस पटक पनि जनमानसमा क्रिसमसमा लकडाउन हुन्छ भन्ने त्रास बढेको छ । तर, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने लकडाउन हुने सम्भावना न्यून रहेको बताउँदै आएका छन् ।
यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १४६ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४६ हजार ९३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४९ सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ५ सय ७९ छ । यस्तै ८८६ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा सङ्क्रमण दर तीव्र रूपमा बढेको भन्दै बेलायतबाट जाने यात्रुहरुको लागि कडा नियम लागू गर्ने जनाएको छ । शनिबारबाट लागू हुने गरी उक्त नयाँ नियम लागू गरिने भएको छ। कोरोना सङ्क्रमणको नयाँ भेरिएन्ट ‘ओमीक्रोन’ का कारण बेलायतमा हालसम्म दश हजार भन्दा बढी सङ्क्रमित भइसकेका छन् । स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोनको दैनिक सङ्क्रमण सङ्ख्या दुई लाखसम्म पुग्ने बताएका छन् ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ३७ लाख १९ हजार ६२३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १३ लाख ६० हजार ९८७ जना अर्थात् ८९.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ६८ लाख ८१ हजार २९१ जना अर्थात् ८१.५ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी २ करोड ५४ लाख ७७ हजार ३४५ अर्थात् ४४.३ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




