सुर्खेत । यौन दुर्व्यवहारमा परेकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने एक पत्रकारलाई सुर्खेत जिल्ला अदालतले पाँच महिना कैद सजाय सुनाएको छ ।‘राप्ती पहिचान डटकम’ नामक अनलाइन सञ्चार माध्यमका सञ्चालक तुलसीपुर उपमहानरपालिका–३ दाङका यज्ञबहादुर बुढा मगरलाई कैद सजाय सुनाएको हो ।
न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले पत्रकार बुढालाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।
बुढामगरले आफनो अनलाइनमा पीडित युवतीको पहिचान खुल्नेगरी तस्वीर र नामसहित समाचार प्रकाशन गरेका थिए । पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु रामबहादुर भण्डारी, मोतीराम शर्मा र खेमराज जैसीले यौन दुर्व्यवहार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाइनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।
संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन र प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि पत्रकार बुढा मगरलाई कैद र सजाय तोकिएको श्रेस्तेदार पौडेलले बताए ।
उनका अनुसार सजाय तोकिएका पत्रकारले २४ घण्टाभित्र क्षमायाचना गरे कैद बस्नुपर्ने छैन । जुन सामाजिक सञ्जाल प्रयोग गरी कानुन आकर्षित हुने क्रियाकलाप गरिएको हो तिनै सञ्जालमार्फत क्षमायाचना प्रकाशित गर्नुपर्ने, प्रकाशित सामग्री छ महिनासम्म सामाजिक सञ्जालमा रहनुपर्ने, प्राइभेट गर्न नपाइने, २४ घण्टाभित्र माफी मागेर त्यसको स्क्रिनसट सात दिनभित्र अदालतमा पेश गर्नुपर्ने छ । त्यसो नभएमा स्वतः कैद सजाय क्रियाशील हुनेछ । पत्रकार बुढामगरले आफू सञ्चालक रहेको अनलाइनमार्फत क्षमायाचना पनि गरेका छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९, आँपसोतीमा रहेका बेला जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न बजार आएका बेला मदिरा सेवन गराएर स्थानीय चमन घर्ती (जोगी), भुपेन्द्र बुढार विनोद पुनले यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।
जेठ २८ गते जिल्ला न्यायाधीश आचार्यले नै राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशितरप्रशारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेका थिए ।
अदालतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियोहरु हटाउन, यस्ता सामग्रीहरु राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार वेवसाइटहरु बन्द गराउन पनि आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




