बेइजिङ । कोभिड–१९ को संक्रमण बढेपछि उत्तरी चीनको सियान सहरमा लकडाउन गरिएको छ । दुई साताको अवधिमा १ सय ४३ जनामा कोभिड संक्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको हो ।
बुधबार घोषणा गरिएका प्रतिबन्धात्मक नियमहरूअनुसार १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन र प्रत्येक घरबाट एक जनाले २ दिनको एकपटक अत्यावश्यक सामग्री किन्न घरबाहिर जान पाउनेछन् ।
चीनले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि कडा रणनीति अख्तियार गर्दै आएको छ । त्यसअन्तर्गत ठूलो संख्यामा परीक्षण तथा र लकडाउनजस्ता उपाय अवलम्बन गर्ने गरिएको छ । सन् २०२२ को फेब्रुअरीमा चीनले ग्रीष्मकालीन ओलम्पिक्स आयोजना गर्दै छ । जसका कारण अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको अधिकारीहरूको भनाइ छ ।
नयाँ नियमहरूअनुसार अब सियानका स्थानीयले विशेष परिस्थति र अधिकारीहरूको अनुमतिमा मात्र सहर छाडेर अन्यत्र जान पाउनेछैनन् । स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो । यस्तो नियम कहिलेसम्म रहन्छ भन्नेबारे भने केही उल्लेख नगरिएको बीबीसीले उल्लेख गरेको छ ।
सियानमा लामो दूरीका बस स्टेसनहरू बन्द भइसकेका छन् भने मुख्य मार्गहरूमा सुरक्षा जाँच केन्द्र राखिएका छन् । सियान विमानस्थलबाट हुने अधिकांश उडान स्थगित गरिएका छन् । सरकारी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ भने अत्यावश्यकबाहेकका व्यवसायहरू बन्द गरिएको छ । अधिकारीहरूले गत सप्ताहन्तदेखि नै व्यायामशाला, मदिरालय र चलचित्रघरहरू बन्द गर्न लगाएका चीनको सरकारी अखबार ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




