काठमाडौं । शनिबार हाइटीको स्वतन्त्रताको वर्षगाँठको अवसरमा एक कार्यक्रमका बेला बन्दुकधारीले देशका प्रधानमन्त्री एरियल हेनरीको हत्याको कोसिस गरेका छन् ।
हाइटीका अधिकारीले यसबारे जानकारी दिएका हुन् । हेनरी उत्तर शहर गोनावेसस्थित एक चर्च समारोहमा भाग लिइरहेका थिए । सार्वजनिक भिडियोमा प्रधानमन्त्री र उनको खलको कार तीब्र गोलीबारीबीच बचेर निस्किएको देखिएको छ । अघिल्लो वर्ष जुलाईमा राष्ट्रपति जोवेनेल मोसेको हत्यापछि देशमा सुरक्षाको स्थिति बिग्रदैँ गइरहेको छ ।
हालै प्रधानमन्त्री हेनरीले देशमा अपहरण गर्नेहरु र देशभरी ग्यास वितरणमा अधिकांश हिस्सामा नियन्त्रण गर्ने शक्तिशाली गिरोहमाथि कडा कारवाही गर्ने संकल्प लिएका थिए । ग्यास वितरणको हिस्सामा कब्जाका कारण हाइटी इन्धनको गम्भीर कमीसँग जुधिरहेको छ ।
प्रधानमन्त्री कार्यालयले हत्याको कोसिसको पछाडि लुटेरा र आतंकवादी भएको र संदिग्धलाई पक्राउ पुर्जी जारी गरिरहेको जानकारी दिएको छ । समाचार एजेन्सी असोसिएटेड प्रेसका अनुसार प्रधानमन्त्रीमाथि हमला गर्ने समूह पर्दाको पछाडि लुकेर काम गर्ने र उनीहरुले चर्चका पादरीलाई धम्काएको र चर्चलाई चारैतिरबाट घेरेका थिए । स्थानीय मिडियालाई उद्धृत गर्दै हमलाकर्ता र सुरक्षाबलबीच भएको यो मुठभेडमा एक व्यक्तिको मृत्यु भएको र दुईजना घाइते भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




