टोकियो/जापान जापानको राजधानी टोकियो तथा आसपासका  प्रान्तहरुमा आज ( जनवरी ०६ तारिख) मध्यन्हदेखि हिउँ परिरहेको हिउ पर्ने क्रम कतिपय ठाउँमा भोलि सम्म पनि कायम रहने पुर्वानुमान गरिएको छ।

जापानी मौसम विज्ञान विभागका अनुसार कान्तो तथा तोक्काई क्षेत्रभर हिमपात भईरहेको टोकियो,खानागावाको योकोहमासहर,ईबाराकीको चुकुबा सहरमा अन्यत्रभन्दा धेरै हिमपात भईरहेको बताईएको / सेन्टीमीटरसम्म पनि हिउँ जम्मा हुनेभएकाले सवारी साधनहरुको यात्रामा विशेष ख्याल गर्न भनिएको

कान्तोका कतिपय स्थानहरुमा आज राती हिउँसंगै वर्षा पनि हुने बताईएको आज मध्यान्हदेखि परेको हिउँका कारण हानेदा तथानारिता एयरपोर्टका केहि उडानहरु प्रभावित भएका छन् संगै रेलको लिकमा हिउँ जम्मा हुँदा केहि रेल यात्राहरु पनि प्रभावित हुनेअनुमान गरिएको


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार