काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिु को बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए ।
समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।
युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र ९ट्राभल्स डकुमेन्ट० लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा। बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारी र व्यवहारिक कारणले युक्रेन छोड्न नसक्नु भएको जानकारी दिए ।
उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक सहयोग समेत गराउने उद्देश्यले संघको पोल्याण्ड राष्ट्रिय समितिलाई आर्थिक संकलनको लागि अनुमति दिएको जानकारी दिए । उनले एनआरएनएका राष्ट्रिय समितिहरु उद्दार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिदै एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाए ।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियामा आयोजित एक सम्मेलनमा सहभागी भएर युद्ध प्रभावित नेपालीहरुको समस्यका बारेमा जानकारी दिए । विश्वभरका एकसय भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी सो सम्मेलनमा पोखरेलले युक्रेनबाट विस्थापित भएर रोमानिया आएका नेपालीहरुलाई सहयोग गर्न आग्रह ग गरेका थिए ।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा। बोध सुवेदीले युक्रेन तर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुदै गएको जनाकारी दिए । उनले उद्धारको लागि आग्रह गर्ने नेपालीहरुको संख्या हुवात्ते कम हुदै गएको र अवस्था सामान्य बन्दै गएको बताए । उनले केही नेपालीहरु युद्धको क्रममा हराईरहेको आशंका समेत रहेको बताउए ।
गैरआवासीय नेपाली संघ स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेष्टुरेन्टमा बनाएको सेल्टरमा नेपाली लगायत अन्य देशमा नागरिकहरुलाई समेत राखेर मानवीय सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भारतीय, वंगलादेशी र सेनेगलका नागरिकहरुलाई समेत सेल्टर दिए ।
उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आए रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




