टोकियो/जापान । यो वर्षको जनवरीमा जापानमा श्रमिकहरुको आम्दानी अघिल्लो वर्षको सोहि अवधीको तुलनामा ०.९ प्रतिशतले वृद्धि भएको छ ।

श्रम मन्त्रालयले जारी गरेको मासिक सर्वेक्षण रिपोर्टको आधारमा यस वर्षको जनवरीमा जापानमा श्रमिकहरुको औसत नगद आम्दानी प्रतिव्यक्ति २ लाख ७४ हजार येन रहेको छ । यो सन २०२१ को जनवरीको तुलनामा ०.९ प्रतिशतले वृद्धि भएको हो । यो सर्वेक्षणले कोरोना महामारीबाट अर्थतन्त्र विस्तारै उठ्ने प्रयासमा छ । यद्यपी महामारी अन्त्य नभएकाले फेरि समस्या आउन सक्ने सम्भावनालाई नजर अन्दाज भने गर्न सकिँदैन ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले ५ जना वा सोभन्दा बढी कर्मचारी भएका देशभरका ३० हजारभन्दा बढी व्यवसायिक प्रतिष्ठानलाई लक्षित गरी ‘मासिक श्रम तथ्याङ्क सर्वेक्षण’ सञ्चालन गरेको थियो । सोहि सर्वेक्षणको प्रारम्भिक तथ्याङ्क आज सार्वजनिक गरेको हो ।

उक्त प्रारम्भिक डेटा अनुसार जनवरीमा आधारभूत तलब र ओभरटाइम तलब सहित प्रति कामदारको औसत कुल नगद तलब २,७४,१७२ येन देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार