एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेपछि स्पेनिस क्लब रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रियलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले तथा समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पिएसजी अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै सानदार जित दिलाए । त्यसअघि ३९औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७६औं मिनेटमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसको दुई मिनेटमा पछि नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ कोसानदार पूनरागमन जित दिलाए ।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ५–० को जित निकाल्दै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो । सिटीले पहिलो लेगमा ५–० को अवे जित निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार