काठमाडौं, २० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ ।

नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बुधबार १५ मिनेट भेटवार्ता गरेका थिए । भेटमा मोदीको प्रस्तावित भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार