काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगरमा बस्ने अमृता खत्री तन्डनको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको झन्डै दुई घन्टाको अवधिमा उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दावी गरेका छन् ।
शनिवार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र एसपी रविन्द्र रेग्मीसँगको छलफलपछि पीडित पक्ष पोष्टमार्टम गर्न सहमत भएका हुन् । अमृताको माइतीघर गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घा खैरेनीमा छ । उनले गुल्मीकै चालपालामा घर भएका प्रेम टण्डनसँग करिव ९ वर्षअघि प्रेम विवाह गरेकी थिइन् । अहिले उनीहरु तिलोत्तमामा घर बनाएर बस्न थालेका थिए । अमृताको घरबाट करिब ५ सय मिटरको दुरीमा माइती बस्छन् ।
नयाँ वर्षको अघिल्लो दिन साँझ ८ बजेतिर प्रेमले फोन गरेर घरमा बोलाएका थिए । अमृताका दाजु पुष्पक खत्रीकाअनुसार ‘घर नआए छोरालाई जे पनि गर्न सक्छु’ भनेर प्रेमले धम्क्याएका थिए । घर पुगेको करिब डेढ घण्टापछि अमृताले ‘असुरक्षित छु’ भनेर म्यासेज गरेको उनका दाई पुष्पकले दावी गरेका छन् । त्यसबारे इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरिरहेको छ ।
अमृता र प्रेमको साढे ७ वर्षका छोरा छन् । माइतबाट गएको केही समयपछि प्रेमले ससुरालीमा फोन गरेर अमृताले ‘विष सेवन गरेको’ हुनाले अस्पताल लगेको जानकारी दिएका थिए । घरबाट प्रहरीले विषको बट्टा बरामद गरेको छ । अमृताको शव रुपन्देहीस्थित प्रादेशिक अस्पतालमा छ । अमृताका श्रीमान प्रेम टण्डन ससुरा टहलसिंह टण्डन र सासु दीपा टण्डनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




