कलकताको श्रीधर राय रोडमा रहेको उक्त मन्दिरमा ६ मिनेटको फिल्मी आरती गाएर अमिताभको फोटो र उनको जुत्ताको पूजा गर्ने गरिन्छ । उनले फिल्म अग्निपथमा लगाएको सेतो जुत्तालाई त्यहाँ सम्मान साथ पुजा गर्ने गरिन्छ । आरती भन्दा पहिले ९ पन्नाको अमिताभ चालिसा पनि पढ्ने गरिन्छ ।
त्यतिमात्र नभई उनी अक्स फिल्ममा जुन कुर्सीमा बसेका थिए, त्यसलाई पनि त्यहाँ राखेर पुजा र आरती गर्ने गरिन्छ । उक्त मन्दिरमा देश तथा विदेशबाट थुप्रै भक्तजनहरु आउने गरेका छन् । बर्षमा दुईपटक अमिताभको तीर्थ यात्रा निकाल्ने गरिएको छ ।

दैनिक भाष्करका अनुसार यो मन्दिर सन् २००१ मा अमिताभका एकजना फ्यान संजय पटौदियाले बनाएका हुन् । त्यहीँ बर्ष अमिताभले नै संजयको अनुरोधमा मन्दिरका लागि जुत्ता र कुर्सी पठाएका थिए । त्यो समयबाट नै यहाँ उक्त जुत्ता र कुर्सीको पुजा हुदैै आइरहेको छ ।
अमिताभले जब यो मन्दिरका बारेमा थाहा पाएपछि उनले संजय पटौदियालाई चिठ्ठीमा लेखे, मलाई मान्छे नै रहन देउ, भगवानको स्थान नदेउ ।




