काठमाडौं । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान १० बजे अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टमा कार्यरत भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाँउका ४५ वर्षका बृज महतो र भारत घर भई ललितपुर महानगर–१८ बस्ने २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो ।
बृजको घटनास्थलमै र राजकुमारको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए । अक्सिजन सिलिन्डर विस्फोटबाट ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा पर्सा घर भई लुभु चागाथली बस्ने ४३ वर्षीय रमेश अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका–८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका–५ चन्दनपुरका २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुंगा घर भई ललितपरपुर महानगर–१५ महालक्ष्मी बस्ने २० वर्षीया अञ्जना पौडेल र चन्द्रागिरि नगरपालिका–२ दहचोकका ४९ वर्षीय गंगा शर्मा छन् । घाइते सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको एसपी शाहले बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन प्लान्ट विस्फोटको विषयमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।
उक्त समितिलाई छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनामा मृत्यु भएकाका परिवारलाई तत्काल राहत र घाइतेहरूको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराउनेसमेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




