काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि सोमबार मतदान हुने हुँदैछ ।
आइतबार उम्मेदवार मनोनयन नसकिएकाले सोमबार साढे दश बजेसम्ममा दर्ता गरिसकिएपछि मतदान सुरु हुने बताइएको छ । एनआरएनएको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष भवन भट्टको पक्षमा सहमती जुटाउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । अध्यक्षका अर्का दावेदार डीबी कार्कीले भने भवन भट्टलाई समर्थन गर्ने बुझिएको छ ।
संस्थामा ७७ देशका ७० हजार नेपाली सदस्य छन् । आइतबार भएको बन्दसत्रमा अध्यक्षको रणनीतिक प्रस्ताव र वार्षिक तथा आर्थिक प्रतिवेदन पेश गरिएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार