काठमाडौं । दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा युवा–युवती मृत अवस्थामा भेटिएका छन्। उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्त सोमबार अपरान्ह १२ बजेतिर दुई युवा–युवतीको शव फेला परेको जानकारी दिए।

एसएसपी कुवरका अनुसार जंगलमा फेला परेको दुईवटा शव घोप्टो परेको अवस्थामा भेटिएको हो । शवनजिकै विषादीको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ । तर, मृत्युको कारण भने खुलिसकेको छैन । शव हेर्दा अन्दाजी २०–२२ वर्षका युवायुवतीको रहेको र हाल पहिचान नभएको कुवरले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगिसकेको छ । विष खाएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार