टोकियो/जापान । जापानले अनलाईन( सोसियल नेटवर्किंग साईट/मेलहरुको माध्यमबाट)हुने अपमान खिसिट्युरी( बुलिंग)गर्नेलाई जेल सजाय दिने विधेयक पारित गरेको छ ।
अनलाइन अपमान गर्नेहरुलाई कडा सजायको दिई यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्न जेल सजाय दिनसक्ने सर्तहरू उल्लेख भएको विधेयक सोमबार माथिल्लो सदनको पूर्ण सत्रमा पारित भएको हो । जसले जापानमा साइबर बुलिङको सामना गर्नेहरुको हितमा महत्वपूर्ण सकारात्मक नतिजा दिने अपेक्षा गरिएको छ ।

जापानमा अनलाईन बुलिंङ अत्याधिक हुने गरेको बताईन्छ ।अनलाईन मार्फत गरिएको तथा फैलाईएको अपमानका कारण सामान्या नागरिकहरुदेखि ठूला/ठूला सेलिब्रेटीहरुले समेत आत्महत्या गर्ने गरेका घटनाहरु सार्वजनिक हुने गर्दछन् । सन २०२० मा यस्तै अनलाईन बुलिङका कारण चर्चित युवा रेस्लर तथा अर्का एक रियालिटी सो का कास्ट मेम्बरले आत्महत्या गरेको देखिएको थियो ।

अनलाईनको माध्यमबाट गरिने अपमान, बेईज्जती तथा खिसिट्युरी जस्ता गतिविधिहरुमा अव भने त्यस्ता गतिविधूहरुमा संलग्नहरुलाई कडा कारबाहीको दायरामा ल्याई,जेल सजाय समेत दिलाउन सकिने विधेयक पारित गरिएको हो । यस विधेयक अनुसार अव अनलाईन अपमान गर्नेहरुलाई १ वर्षसम्मको जेल तथा ३ लाख येन वा दुवै सजाय हुन सक्नेछ ।

यो विधेयक पारितसंगै, यतिखेर संसदमा, संविधानले प्रत्याभूत गरेको अनलाईन बुलिङबिरुद्धको कडा नियम र अभिव्यक्ति स्वतन्त्रताबीचको सम्बन्धलाई सन्तुलन कसरी कायम गर्ने भन्नेमा केन्द्रित भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




