काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् । उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे । सुनिताले पनि इन्कार गर्नु पर्ने देखिनन् ।
जयले त उनीसँग विवाह नै गरिहाल्ने पनि बताएका थिए । घरपरिवारसँग भनेर अघि बढ्दा साथ नपाइने भन्दै उनले भगाएर लैजाने कुरा सुनितासँग गरिरहेका थिए । सुनिताले पनि जयका सबै कुरा पत्याइन् र २९ जेठमा भागेर जान भन्दै घर छाडेर हिँडिन् ।
प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेका अनुसार त्यसपछि सुनितालाई जयले काठमाडौं भोटेबहालको एक गेस्ट हाउसमा लगेर राखे । ‘केटाको असली रुप पीडितले होटलमा पुगेपछि मात्र थाहा पाइन् । ‘त्यहाँ पेय पदार्थमा मिसाएर उनले लठ्ठयाउने औषधि खुवाइदिएछन्,’ डीएसपी घिमिरेले भने, ‘त्यसपछि जबरजस्ती करणी गरेर साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल पनि लुटेर गएछन् ।’
प्रहरीका अनुसार भागेर विवाह गर्ने भनेपछि उनले घरमा भएको अलिअलि पैसा र सुन लिएर निस्किएकी थिइन् । तर मोबाइल समेत लगेपछि उनीसँग जयलाई चिन्ने कुनै आधार भएन । आफूमाथि आइपरेको आपतबारे उनले सोच्नै सकिरहेकी थिइनन् । दुई दिनसम्म त उनी फर्किएर आउलान् कि भनेर बाटो हेरिरहिन् । त्यसपछि ३१ जेठमा प्रहरी वृत्त, कालिमाटीमा जाहेरी दिइन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार पीडितले जाहेरी दिँदा पीडकको कुनै संकेत प्रहरीले पाएको थिएन । ‘होटलमा बस्दा समेत पीडित महिलाकै परिचय पत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएको पाइएको छ,’ मैनालीले भने ।
तर प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषणबाट अनुसन्धान गर्दै जाँदा ‘जय’ भनिएका पीडकको खास नाम विश्व तामाङ भएको खुल्यो । उनले ‘जय’, ‘भोटे’, ‘आशिष’ गरी तीन वटा नामबाट आफूलाई चिनाउने गरेको पनि अनुसन्धानका क्रममा खुलेको एसपी मैनाली बताउँछन् ।
पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप भएको मैनाली बताउँछन् । पीडितको चाहिँ घटनाबारे जानकारी पाएलगत्तै प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




