एजेन्सी । जुलाई ३ मा नागपुरमा २५ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भएको थियो । प्रहरीले युवकको खल्तीबाट भियाग्राको चक्की फेला पारेको छ । उनलाई भियाग्राको ओभरडोज भएको प्रहरीको आशंका छ । भियाग्रा सेवनपछि होटलमा प्रेमिकासँग सम्बन्ध राख्दा उनलाई हृदयघात भएको थियो ।

जुन ४ मा युपीको प्रयागराजमा घण्टौं इरेक्शन अर्थात् यौन उत्तेजना र दुखाइको कारण समस्यामा परेका २८ वर्षीय पुरुषको दुईपटक शल्यक्रिया गरिएको थियो । केही महिनाअघि बिहे गरेका यी युवकले साथीको सल्लाहमा भियाग्राको ओभरडोज लिन थालेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार