काठमाडौं । दोलखाबाट काठमाडौं आएकी एक किशोरी टिपरभित्रै बलात्कृत भएकी छन्। १७ वर्षीया किशोरीलाई दोलखा गौरीशंकर गाउँपालिका ८ का ३२ वर्षीय ज्ञान बहादुर नेपालीले बलात्कार गरेको जाहेरी परेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
गत शुक्रबार दोलखाबाट टिपरमा आएकी किशोरीलाई टिपर चालकले थानकोट पुर्याएर राति करिव १० बजे टिपरभित्रै बलात्कार गरेका हुन्। किशोरी काठमाडौंको गौशालामा बसेर पढ्दै काम पनि गर्छिन्। उनलाई टिपरमा तेल सकियो भन्दै थानकोट डिपो नजिकै पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरी रोकी राखेको दोलखाबाट काठमाडौ आएको रा १ ख २७३४ नम्बरको टिपर थानकोटमा तेल हालेर गौशाला लगिदिन्छु भन्दै चालकले उनलाई त्यहाँ पुर्याएका थिए।
निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरेर गाडीको सहचालकलाई गाडीको टायर चेक गर्नु भन्ने बाहानामा गाडीबाट बाहिर पठाएका थिए।सहचालकलाई बाहिर पठाएर टिपरको ढोका बन्द गरेको र आफूलाई बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ। बलात्कारपछि उनी टिपर त्यहीँ छाडेर फरार भएका थिए।
थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण तथा उपचारका लागि प्रसुती गृह अस्पताल थापाथली लगेको थियो। बलात्कारपछि फरार भएका चालकलाई कलंकीबाट पक्राउ गरिएको एसपी मैनालीले जानकारी दिए।
उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालतले अनुमति दिएको छ। मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तरगत प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




