काठमाडौं, ११ कात्तिक । सन् २००८ देखि ग्रामीण क्षेत्रबाट दूरसञ्चार सेवा सुरु गरेको स्मार्ट टेलिकमले अत्याधुनिक प्रविधि फोरजीको सुरुवात गरेको छ ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर स्मार्ट टेलिकमले आइतबारबाट काठमाडौं र पोखराबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फोरजी प्रविधि कार्तिक १२ गतेबाट सुरुवात गरेको स्मार्ट सेलका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले दिए । ‘दूरसञ्चार क्षेत्रको करिब नौ वर्ष लामो अनुभवपछि स्मार्ट टेलिकम फोरजी सेवा उपलब्ध गराउने अर्को सेवा प्रदायक संस्था भएको छ । अब स्मार्टका उपभोक्ताले पहिलो चरणमा कार्तिक १२ गतेदेखि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) र पोखरामा फोरजीको मज्जा लिन पाउँनेछन् ।’ अधिकृत सजिन राजभण्डारीले, ‘हामीले दूरसञ्चार बजारमा डाटा र भ्वाइसलाई सस्तो, सुलभ र तीव्र गतिको इन्टरनेटका साथै सेवा प्रदान गर्ने प्रयास गरेका छौ ।’ यद्यपी परीक्षणका क्रममा देखिएका कमजोरीलाई सुधार्दै पोखरा र काठमाडौमा व्यापक व्यावसायिक सुरुवात गर्नेछौ । त्यसपछि क्रमशस् नेपालगन्ज, चितवन र बीरगञ्जमा पनि फोर जी सेवा उपलब्ध गराउने उनले बताए ।
फोरजी सुरुवातसँगै स्मार्ट सेलले ग्राहकहरुलाई प्रति सेकेण्ड एक पैसामा कल गर्न सकिने सुविधा उपलब्ध गराउनेछ भने एक महिनाका लागि भाइबर र ह्वाट्स एपमा निशुल्क कल गर्न दिनेछ । यसैगरी स्मार्ट सेलका ग्राहकले १ जीबी डाटा २३५ रुपैयाँमा एक महिनासम्म र १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्न पाउनेछन् ।
यस्तै ८५ रुपैयाँमा ५०० एमबी डाटा सात दिनसम्म चलाउन सकिनेछ भने १५ रुपैयाँमा ७५ एमबी डाटा एक दिनका लागि प्रयोग गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




