काठमाडौं । साविक विजेता तथा आयोजक भारतले राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्दा नेपाल बाहिरिएको छ ।
नेपाललाई फाइनल प्रवेश गर्न भारतले अन्तिम खेलमा माल्दिभ्ससँग पराजित हुनुपर्ने थियो । तर, आँफु अनुकुल नतिजा ननिस्किएपछि दमदार सुरुवात गरेको नेपाल बाहिरिन पुग्यो ।
यो नतिजापछि बंगलादेश ४ खेलबाट १० अंक जोडेर लिग चरणका शीर्षस्थानमा रह्यो । भारतले चार खेलबाट ९ अंक जोड्दै फाइनलमा स्थान पक्का ग¥यो । नेपाल ६ अंक जोडेर तेस्रो तथा माल्दिभ्स र श्रीलंकाले समान १ अंक जोड्यो । अब फाइनलमा बंगलादेश र भारतबीच २० साउनमा प्रतिस्पर्धा हुनेछ । लिग चरणमा बंगलादेशले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो ।
मंगलबार लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै बंगलादेश अपराजित रहेर राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंका स्टेडियममा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ गरे ।
दोस्रो हाफको सुरुमै दुवै टोली झडपमा उत्रदा रेफ्रीले मैदानमा रहेका दुई र बेन्चका एक गरी कुल तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाउँदा नेपालका दिपेश गुरुङ सिधै रातो कार्ड पाउँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चमा रहेका नेपालका रोहित सुब्बाले पनि रातो कार्ड पाए ।
४८औं मिनेटमा बंगलादेशका कप्तान तनवीर सहायक रेफ्रीसँग आक्रोशित रुपमा प्रस्तुत भएपछि नेपालका कप्तान आयुष घलानले उनलाई पेलेका थिए । त्यसपछि दुवै टोलीका खेलाडी एक आपसमा झगडामा उत्रिए । केहीबेरमा नै दुवै टोलीका बेन्चका खेलाडी पनि मैदान प्रवेश गरेर झगडा गर्न थालेका थिए ।
दुवै टोलीका बेन्चमा रहेका प्रशिक्षक र अफिसियलले झगडा साम्य पारेका थिए । त्यसपछि ६३औं मिनेटमा बंगलादेशले अग्रता लियो । मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अघि बढाए । त्यसको ५ मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडी निरन्जन मल्लले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक मोहमद आसिफले बचाउने कुनै अवसर पाएनन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




