काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदले मिडिया टास्क फोर्स गठन गरेको छ । बेल्जियमका शिवकुमार बरुवाल र बेलायतका सोमनाथ सापकोटाको संयोजकत्वमा गठन गरिएको फोर्समा अष्ट्रेलियाका बाबाराजेश्वरी थापा उप–संयोजक रहेका छन् ।

चेक रिपब्लिकका डा. चिरन्जीवी खड्का सदस्य सचिव रहेको फोर्सको सदस्यमा फणिन्द्र भट्टराइ बेलायत, दीपक गौतम जापान, सूर्य थापा अमेरिका, चिरन्जिबी देबकोटा अस्ट्रेलिया, बिपिन निरौला बेलायत, ओम शर्मा बेल्जियम, गोबिन्द बानिया कोरिया, राजनराज कुँवर कोरिया, बद्री तिमिल्सिना क्यानडा, मेघराज सापकोटा कतार, नरेन्द्र बस्नेत बेलायत, गोकुल ढकाल अमेरिका, बसन्त रानाभाट स्पेन, कैलाश खरेल पोर्तुगल, बिष्णुहरी घिमिरे अमेरिका, दीपक धिताल जर्मन र दिनेश गौतम जर्मन सदस्य रहेका छन् ।

त्यसैगरी बेलायतका चिरन शर्मालाई समाचार संयोजकमा राखिएको छ । सल्लाहकारहरुमा भगिरथ वियोगी बेलायत, दधी सापकोटा फ्रान्स, हेमन्त काफ्ले अस्ट्रेलिया र नरेश खपांगी बेलायत रहेको आइसिसिले जनाएको छ । जापानबाट सदस्य चुनिएका गौतम जापानबाट संचालित नेपाल न्यूज पोस्ट डट कमका सम्पादक हुन् ।

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार