टोकियो/जापान । जापानका पूर्वप्रधानमन्त्री आबेको नारा सहरमा भाषण दिने क्रममा गोली हानेर हत्या भएको घटनामा पूर्वप्रधानमन्त्रीलाई ओकायामा सहरमा चुनावी भाषण दिइरहेका बेला नै घरेलु बन्दुकले आक्रमण गर्ने प्रयास भएको अनुसन्धानले देखाएको छ ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गत महिनाको ८ तारिख नारामा भाषण दिने क्रममा गोली हानेर हत्या गरेको अभियोगमा नारा सहर निवासी ४१ वर्षिया बेरोजगार तेचुया यामागामीलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । हाल उनको मनोवैज्ञानिक परिक्षणहरु भईरहेको छ। यो परिक्षण पश्चात यामागामीको सजाय सुनुवाई गरिनेछ ।

अहिलेसम्मको अनुसन्धानका अनुसार यामागामीले घटनाको अघिल्लो दिन पूर्वप्रधानमन्त्री आबेले चुनावी प्रचार गरिरहेको ओकायामा सहरको भ्रमण गरेको र भनेका थिए, ‘म पूर्वप्रधानमन्त्रीलाई मार्ने सोचमा थिएँ, तर त्यहाँ सम्भव भएन । त्यसको भोलिपल्ट नारा सहरमा यो काम सम्भव भयो ।”

प्रहरीका अनुसार हालसम्म घटनामा प्रयोग भएको करिब ४० सेन्टिमिटर लामो र करिब २० सेन्टिमिटर उचाइको घरेलु बन्दुकका साथै संदिग्धको घरबाट यस्तै संरचनासहितका कम्तीमा पाँच थान घरेलु बन्दुक बरामद गरिएको छ ।

वास्तविक गोली काण्डमा हातले बनाएको सानो बन्दुक प्रयोग गरिएको थियो र आक्रमण गर्न सजिलो बनाउन यस्तो बन्दुक छनोट गरेको हुनसक्ने सम्भावनाको अनुसन्धान गरिरहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार