फुर्वा शेर्पा /टोकियो
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ गत अगस्ट ७ तारिख आइतबारदेखि नारितामा शुरु भएको प्रथम डाइमण्ड कप फुटसल प्रतियोगिता २०२२ सम्पन्न भएको छ ।
२६ टिम सहभागी फुटसल प्रतियोगितामा काभ्रेली समाज जापानलाई २–१ गोल अन्तरले पराजित गर्दै अल स्टार एफसी टोकियोले उपाधि जित्न सफल भएको छ । लमजुङ कालिका एफसीले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अल स्टार एफसी टोकियोले ५ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र दोस्रो स्थान हासिल गर्न सफल काभ्रेली समाज जापानले २ लाख २२ हजार २२२ येनसहित ट्रफी मेडल र प्रमाणपत्र र प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थान हासिल गर्न सफल लमजुङ कालिका एफसीले ५३ हजार ३३३ येनसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगिताको अनुशासित टिमतर्फ सिजोओका युनाइटेड क्लव, बेस्ट प्लेयर तर्फ काभ्रेली समाज जापानका रजिन पाण्डे, बेस्ट डिफेन्सरतर्फ लमजुङ कालिका एफसीका अर्जुन गुरुङ, बेस्ट किपरतर्फ अल स्टार एफसी टोकियोका प्रवीन घर्ती मगर र डायमण्ड नारिताका नवीन तामाङ सर्वाधिक गोलकर्ताको अवार्ड जित्न सफल भए ।
अनुशासित टिमको उपाधि जितेका सिजोओका युनाइटेड क्लवलाइ २१ हजार १११ येनको साथमा ट्रफी , उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्ता १०–१० हजार येन प्राप्त गरे ।
जापानमा रहेका नेपालीहरुबीच भाइचारा, मेलमिलाप र आपसी सद्भावलाई अझ प्रगाढ बनाउनका लागि पहिलो पटक नारितामा जापानव्यापी फुटसल प्रतियोगिता आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष नवीन दीप गुरुङले बताउनुभयो । उनकाअनुसार नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतुले आयोजित प्रतियोगितामा स्थानीय कलाकारहरूको नृत्य पनि प्रस्तुत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




