टोकियो/जापान । जापानमा मोबाइल फोन सेटहरु १ येन लगायतका क्याम्पेनहरु संचालन गरि बेच्ने कम्पनीहरु माथी निगरानी बढाईएको छ । जापान फेयर ट्रेड कमिसनले ४ ठूला मोबाइल फोन कम्पनीहरूलाई लक्षित गरि अनुसन्धान अघि बढाएको छ ।

यसरी अत्यन्तै सस्तो (१ येन) मा मोबाईल फोन सेटहरु बेच्दा एन्टिमोनोपोली ऐन अन्तर्गत अनुचित मोलतोल निम्त्याउन सक्ने ठहर गरिएको छ । पहिलोपटक लेनदेनको वास्तविक स्थितिमा अनुसन्धान सुरु गर्ने बताईएको छ ।

मोबाइल फोनको सेवा प्रदायकहरुले , नयाँ प्रयोगकर्ताहरू प्राप्त गर्न, मासिक संचार शुल्क बढाएर नोरिखाए (कम्पनी परिवर्तन) गराउँदा भारी छुट दिने प्रचलन छ । सरकारले मोबाइल फोन ह्यान्डसेटहरू बेच्नको लागि करबाहेक २० हजार येन अधिकतम छुट दिनसक्ने व्यवस्था गरेको छ । यद्यपी, अन्य विभिन्न बाहनाहरु उपयोग गरि त्यसभन्दा महंगा फोनसेटहरु पनि १ येनमा दिईने क्यान्पेनहरु संचालन गरिँदै आएको छ ।

यद्यपि, यो पुष्टि भएको छ कि अझै पनि मोबाइल फोन नोरिखाए गराउँदा अत्यन्त कम मूल्यमा बेच्ने घटनाहरू छन् । जापानका ४ प्रमुख फोन सेवा प्रदायक कम्पनीहरु एनटिटि डोकोमो, केडिडिआई, सफ्टबैंक र राकुतेन मोबाइलले अझै पनि १ येनमा फोन सेटहरु सम्झौता गराउने गरेको बुझिएको छ।

हालसालै संचालित एक लिखित सर्वेक्षणमा १ येन बिक्री सञ्चालन गरिएको छ छैन ? छ भने कतिवटा स्टोरहरूको छ ? ति छुटको लागि कम्पनीको बिक्री प्रोत्साहनहरू प्रयोग भइरहेको छ वा छैन भन्ने जानकारी समावेश गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार