टोकियो/जापान । जापानको जनसंख्यामा सन २०१३ यताकै उच्चसंख्या घटेको छ ।हालसालै सार्वजनिक एक तथ्यांक अनुसार जापानको जनसंख्या ७ लाख २६ हजार ३ सय ४२ जनाले घटेर १२ करोड ५९ लाख २७ हजारमा ९ सय २ जना कायम भएको छ ।

ओकिनावा बाहेक जापानका सबै ४७ प्रीफेक्चरहरूमा जनसंख्या घटेको छ । टोकियो र आसपासका तीन प्रिफ्क्चरहरप साइतामा, चिबा र कानागावामा सन २०१३ पछि पहिलो पटक धेरै गिरावट देखिएको छ । कोरोना भाईरस माहामारी बढेपछि मानिसहरु ठूला सहर छोडेर अन्यत्र जानाले पनि टोकियो लगायतका सहरहरुमा जनसंख्या घटेको अनुमान गरिएको छ । जापानमा लागातार जनसंख्या घटिरहेको छ ।

यसपटक कोरोना भाईरस माहामारीले थप घटाएको देखिएको छ । जापानमा हाल कायम जनसंख्यामा पनि वृद्ध/वृद्धाहरुको बाहुल्यता छ । जो जापानको लागि दीर्घकालिन समस्या बन्दै आएको छ । यो अबधीमा जापानमा विदेशीहरूको संख्या पनि ऐतिहासिक रुपमा घट्न पुगेको छ ।

कोरोना भाइरस महामारीका कारण कडा सीमा नियन्त्रणका कारण लगातार दोस्रो वर्ष पनि जापानमा विदेशीहरुको संख्या बढ्न सकेको छैन । प्रीफेक्चर अनुसार, टोकियोमा सबैभन्दा ठूलो कमी ४८,५९२ जना घटेको छ ।यो सन २०१३ पछिकै पहिलो ठूलो गिरावट हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार