टोकियो/जापान।प्रधानमन्त्री किशिदाले नयाँ मन्त्रिपरिषदमा आबे हत्यासंग नाम जोडिएको युनिफिकेसन चर्चसँग सम्बन्ध भएका व्यक्तिहरुलाई नियुक्ति नगर्ने विश्लेषण गरिएता पनि हिजो गठित नयाँ मन्त्री मण्डलमा पुगेका कम्तीमा ५ जना मन्त्रीहरुको उक्त चर्चसंग सम्बन्ध रहेको जापानी संचार माध्यमहरुमा खबर प्रकाशन भएका छन् ।

यसअघि गरिएको अध्ययनमा, गोली हानी हत्या गरिएका पूर्वप्रधानमन्त्री शिन्जो आबेका भाइ,रक्षामन्त्री नोबुओ किशी, लगायतका मन्त्रीहरूको उक्त युनिफिकेसन चर्चसंग सम्बन्ध पुष्टि भएको थियो । तर यस पटकको पुनर्गठित मन्त्रीमण्डलहरुमा उनि लगायतका मन्त्रीहरु पुनः दोहोरिएका छन् ।

पत्रकार सम्मेलनमा किशिदाले भने, “मैले मन्त्रिपरिषदमा उनीहरूलाई मात्र नियुक्त गरेको छु जसले उनीहरूको उक्त चर्चसंगको सम्बन्धबारे समीक्षा गर्न सहमत भई, निष्पक्षरुपमा कायम सम्बन्ध खुलाएका थिए । किसिदाले छानबिनका आधारमा युनिफीकेसन चर्चका नीतिहरूले एलडिपीका नेताहरुलाई अनुपयुक्त रूपमा प्रभाव पारेको छ भनेर पुष्टि नभएको बताएका थिए ।

अघिल्लो महिनाको ८ तारिोक चुनावी प्रचारकोक्रममा पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या हुनुमा, उक्त चर्चसंगको सम्बन्ध कारक रहेको मानिएको छ । यद्यपी छानबिनहरुले आवेको कुनै प्रतक्ष सम्बन्ध पुष्टि गरेका छैनन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार