टोकियो/जापान।हिजो राती जापानको होक्काईदोको सोया क्षेत्रको उत्तरी भागमा केन्द्रित भई गएको ५ म्याग्निच्युडको भुकम्पका कारण त्यस क्षेत्रका सडक तथा पूल लगायतका भौतिक निर्माणहरुमा क्षति पुगेको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार होक्काईदोमा अहिले पनि स/सना भूकम्पहरू एक पछि अर्को जारी छ । आगामी एक साता वा सो भन्दा बढी अवधीसम्म पराकम्पहरु जारी रहने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

११ गते बिहान १२ बजेर ३५ मिनेटमा गएको पहिलो भूकम्पले सहरलाई नराम्ररी प्रभावित गरेको थियो, जुन ५.२ म्याग्निच्युडको अनुमानित र तीव्रता मापनमा ५ म्याग्निच्युडभन्दा कम रहेको थियो।भूकम्पको केन्द्रविन्दु दुवै करिब ४ किलोमिटर गहिराइमा रहेको अनुमान गरिएको थियो।

भुकम्पले मानविय क्षति गरेको पुष्टि नभए पनि बाटो तथा पुल लगायतका भौतिक पूर्वाधारहरु भने भत्काएको छ । अझै पराकम्पहरु जारी रहेको छ भने क्षतिबारे विवरण पनि आउनेक्रममै छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार