टोकियो/जापान । नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका तीन ठुला शहरहरु टोकियो, सिजुओका र नागोयामा तीज फेस्टिवल गर्ने भएको छ ।

कार्यक्रम यही अगस्ट महिनाको २८ तारिख आईतवार टोकियोमा नाकनो जेरो हल ,सिजुओकामा २९ तारिख सोमबार आईसेरु २१ हल र नागोयामा ३१ तारिक बुधवार नागोया कोकुसाइ सेन्टरमा हुने समाजका अध्यक्ष धुर्व ज्ञवालीले जानकारी दिए ।

कुनै समय जापानकै तीज कार्यक्रमको इतिहासमा अत्याधिक सफल कार्यक्रम गरेको समाजले बिगत केही वर्ष विश्वव्यापी महामारी कोभिड-१९ का कारण ठुलो कार्यक्रम गर्न सकेको थिएन ।

यसपटक भने जापानको बिभिन्न शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपाली दिदीवहिनीहरुलाई तीजको प्यास मेटाउनको लागि नेपाली लोकदोहोरी क्षेत्रका बरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ र चर्चित लोक दोहोरी गायक पशुपति शर्मा जापान आउने भएको छ ।

साथै टोकियो र नागोयाको लागि भने जापान मै कर्म थलो बनाएका मिठो स्वरको धनी प्रदेशी गायक सुर्य खड्का लागएत स्थानिय कलाकारहरुको पनि थप प्रस्तुती रहने छ ।

समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मित रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत बिबिध आपत बिपतमा परेकाहरुको उद्दारको लागि “आपतकालीन राहत कोष सहयोगार्थ “ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आफुलाई पाहेक पर्ने ठाउँ गई मनोरन्जन लिनु हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार