टोकियो/जापान । आज बेलुका ८ः४५ बजे, जापानको दक्षिणी होक्काईदोस्थित माचुमाए सहरले पहिरोको जोखिमका कारण उक्त सहरका ३,९२६ घरपरिवारका ६,८४६ जना मानिसहरुलाई सुरक्षित स्थानमा आश्रय लिन आह्वान गरेको छ।

यसका साथै, सहरमा कुल आठ स्थानहरू -माचुमाए, पार्टनरशिप ल्याण्ड, माचुमाए टाउन एक्सचेन्ज सेन्टर, कियोबु लाइफ इम्प्रुभमेन्ट सेन्टर, शिजुरा टाउन हल, तातेहामा एक्सपेरियन्स एक्सचेन्ज सेन्टर, मात्सुमा जुनियर हाई स्कूल व्यायामशाला, टोयोफुकु टाउन हल, शिरकामी कोतोबुकी लगायतका स्थानहरुमा आश्रय लागि व्यवस्था गरेको बताईएको छ ।

हिजो मात्रै भुकम्पले हल्लाएको होक्काईदोमा आज भारी वर्षाले बाढी/पहिरोको जोखिम बढाएकाले अहिले उक्त स्थानमा जोखिमको चौथो लेबल जारी गरिएको छ । तपाई पनि होक्काईदोमा बस्नुहुन्छ भने,स्थानीय समाचारहरुमा अपडेट रहनुहोला ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार