टोकियो/जापान । टाइफुन नम्बर ८ ले आज(१३ तारिख)दिउँसो जापानको तोकाई र कान्तो-कोशिनमा ठूलो प्रभाव पार्ने मौसमी पुर्वानुमान गरिएको छ । मुख्यतया पूर्वी जापानको प्यासिफिक क्षेत्रमा दिउँसोदेखि भारी वर्षा र हावा तीव्र हुनेछ ।

आज राति अबेरसम्म भारी वर्षाको जोखिम छ। शिजुओका प्रिफेक्चर जस्ता तोकाई क्षेत्रमा उच्च वर्षा पनि हुने अपेक्षा गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार टाइफुन नम्बर ८ आज (१३ तारिख )बिहान ६ बजे शिजुओका प्रिफेक्चरको ओमाइजाकी सहरबाट २०० किलोमिटर दक्षिणपश्चिममा करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर-उत्तरपूर्व सरिरहेको थियो।

केन्द्रीय चाप 1000 हेक्टोपास्कल छ, हावाको अधिकतम गति 20 मिटर छ, र अधिकतम तात्कालिक हावाको गति 30 मिटर छ।यतिबेला तोकाई , कान्तो कोशिन र किन्कीको केही भाग तीव्र हावाको चाप बढिरहेको छ ।

आँधीको वरिपरिको न्यानो र आर्द्र हावाका कारण सिजुओका प्रिफेक्चर लगायतका क्षेत्रहरुमा बीच-बीचमा विकसित बादलका कारोन वर्षा भईरहेको थियो ।बिहान ८ बजेसम्मको एक घण्टामा शिजुओका प्रिफेक्चरको कावानेहोन टाउन नजिकै ४० एमएम प्रति घण्टाको उच्च पानी परेको विश्लेषणले देखाएको थियो।

यसका अलवा टोकियो, खानागावा तथा चिबा लगायतका प्रिफेक्चरहरुमा , टाइफुन नजिक आउनु अघिदेखि नै वर्षा भइरहेको छ । यो टाइफुन यसपछि तोक्काई तटबाट सर्नेछ र १३ तारिख दिउँसो तोकाई र कान्तो-कोशीन नजिक पुगेर ठूलो वर्षा गराउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार