काठमाडौं । इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरिन् । १४ वर्ष टेकेकी उनको विवाह पनि दुई महिना टिक्न सकेन । प्रेमविवाह गरेकी सम्झना अहिले माइतघरमै फर्केर विद्यालय परिवर्तन गरेर ८ कक्षामै पढ्न थालेकी छन् ।
सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन् । स्थानीय युवासँग विवाह गरेकोे एक वर्ष नबित्दै छोरीकी आमा बनिन् । आमा भएको ६ महिना नबित्दै श्रीमानको हिंसाको सिकार बनिन् । दिनदिनै हिंसाको सिकार बनेकी किशोरी श्रीमानसँग बस्न नसक्ने अवस्थामा पुगिन् ।
भागेर सानैमा विवाह गरेकाले माइतीले पनि वास्ता गरेनन् । डेढ वर्षकी छोरीसहित विस्थापित किशोरीलाइ मानवअधिकार मञ्च इलामले उद्धार गरी केही दिन आफ्नो सेल्टरमा राख्यो । अहिले छोरीसँगै विराटनगरस्थित सरकारी सेल्टरमा छिन् । अभिभावकको संरक्षणमा पढ्ने–बढ्ने उमेरमा आफैं अभिभावक ९आमा० बनेपछि अहिले उनी ‘न माइत न त घर’की भएकी छन् ।
जिल्लामा दर्जनौं बालबालिकाले विद्यालय उमेरमै प्रेम गर्दै विवाह गर्ने गरेको पाइएको छ । ‘लहड र लहर’मा विवाह गर्ने र उमेर छिप्पिदै जान थालेपछि ‘बेमेल’ हुने गरेको देखिन्छ । बालविवाहले उनीहरूको भविष्य अन्योल र कष्टकर बनाइदिने गरेको छ ।
इलामको एक माध्यमिक विद्यालयकी शिक्षिका ‘कक्षा ८ मा मात्र ३० जोडीसम्म भेटिएपछि उनीहरूलाई काउन्सिलिङ गरिएको’ बताउँछिन् । सानै उमेरमा मोबाइल फोन प्रयोग, सामाजिक सञ्जाल र युट्युबको सिको गर्दै किशोरकिशोरी ‘प्रेमीप्रेमिका’ बन्ने गरेको उनको बुझाइ छ ।
कानुनले बालविवाह बर्जित गरेकाले छोराछोरी भएपछि झनै समस्या हुने गरेको छ । उमेर नपुगी विवाह गरेका जोडीबाट जन्मिएका बच्चाको जन्मदर्ता भए पनि ‘विवाह दर्ता’ नहुने भएकाले विवाहपछि अलग हुनुपर्दा महिलाले ‘अंश दाबी गर्न समस्या हुने गरेको’ कानुन व्यवसायी याम लिम्बू बताउँछन् ।
कानुनले बालविवाह बर्जित गरे पनि गाउँमा मात्र नभएर सहरी क्षेत्रमा समेत बालविवाह हुने गरेको छ । उमेर नपुग्दै विवाह गरेर विद्यालय छोड्ने मात्र होइन, विवाहपछि पढ्न आउने विद्यार्थी पनि विद्यालयमा रहेको सदरमुकामस्थित आदर्श मावि प्रधानाध्यापक कुमार पौडेल बताउँछन् ।
यता, अमर मावि बरबोटेका शिक्षक तुलसी बराल पनि कक्षा ८ देखि १० सम्मका ५ देखि १० छात्रा बर्सेनि विवाह गरेर विद्यालय छोड्ने गरेको बताउँछन् । किशोरी अवस्थामै विवाह गरेका अधिकांशमा उनीहरूको विवाह जीवन्त नबन्ने गरेको छ ।
कानुनले विवाह गर्ने उमेर बढाएर २० वर्ष पु¥याए पनि बालविवाह गर्ने कायमै रहेको मानवअधिकार मञ्च इलामका भक्त थामी बताउँछन् । किशोर अवस्थामै विवाह गरेका कारण सम्बन्धमा ‘दरार’ उत्पन्न भएपछि समस्या लिएर संस्थामा आउने गरेको उनले बताए ।
मुलुकी अपराध ९संहिता० ऐन २०७४ ले विवाहको उमेर २० वर्ष तोकेको छ । २० वर्ष नपुगी विवाह भए स्वतः बदर हुने व्यवस्था छ ।
यति मात्र होइन, कानुनले तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिमानाको व्यवस्थासमेत गरेको छ । तर, बढ्दो सञ्चार र सामाजिक सञ्जाल प्रयोगले किशोरकिशोरी प्रेमजालमा फस्ने गरेको पाइएको छ ।
कानुनी व्यवस्था मात्र नभएर भविष्यसमेत ख्याल नगरी भावनामा डुबेर विवाह गर्ने गरेका छन् । कलिलै उमेरमा सम्बन्धमा बा“धिएका उनीहरूको विवाह गर्ने उमेरसम्ममा डिभोर्स नै भइसकेको हुन्छ ।
नेपाल बालविवाह हुने विश्वकै १०औं स्थानमा पर्छ । गरिबी, अशिक्षा, परम्परागत सोच र संस्कारका कारण समाजमा अझै बालविवाह व्याप्त छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




