जापान । आज(१४ तारिख)बिहान इबाराकी प्रान्तको मोरिया सहरमा रहेको एउटा लजिस्टिक कम्पनीको ठूलो गोदाममा आगलागी भएको १५ घण्टाभन्दा बढी भइसक्दा पनि अझै आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

बिहान करिब २:३० बजे, डेलिभरी कम्पनीले इबाराकीको मोरिया शहरको युरिगाओका १ चोमा रहेको लजिस्टिक कम्पनी “अजुमा लजिस्टिक” को स्टिल फ्रेम गरिएको एक तले गोदाममा आगलागी भएको जानकारी दिएको थियो ।

प्रहरीका अनुसार आगो निभाउनका लागि तत्काल २० वटा दमकलको गाडी लागेपनि आगो निभ्न नसकेको र साँझ अबेर सम्म पनि आगलागी कायमै रहेको छ । आगलागी भएको गोदाम लगभग ४०८० वर्ग मिटरमा फैलिएको छ ।

जहाँ रबर पन्जा र मास्क भण्डारण गरिएको थियो । त्यस समयमा कोही पनि काम गरिरहेका थिएनन्, र कुनै चोटपटकको पुष्टि भएको छैन । घटनास्थल सुकुबा एक्सप्रेसको मोरिया स्टेशन नजिकै धेरै कारखानाहरू भएको ठाउँमा रहेको छ ।

अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । अर्कोतर्फ आगो निभाईसकेपछि प्रहरीले कम्पनीसँग तत्कालको अवस्था सोधी आगलागीको कारणबारे विस्तृत अनुसन्धान गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार