जापान। आज अगस्ट १५ तारिख जापानले संयुक्त राज्य अमेरिकासंग आत्मसमर्पण गर्दै दोस्रो विश्व युद्ध अन्त्य गरेको ७७ वर्ष पूरा भएको छ । सन १९४५ अगस्ट १५ तारिख जापानले औपचारिकरुपमा युद्ध अन्त्य गर्दै आत्मसमर्पण गरेको थियो ।

यस अवसरमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उपायहरू अवलम्बन गर्दै युद्धमा ज्यान गुमाएकाहरुको सम्झना तथा शान्तिको कामनाका लागि देशैभर कार्यक्रम गरिँदैछ ।

आज (१५ अगस्ट) दोस्रो विश्वयुद्ध समाप्त भएको दिनको सम्झनामा टोकियोको निप्पोन बुदोखानमा सरकारद्वारा युद्धमा ज्यान गुमाएकाहरुको लागि राष्ट्रिय स्मृति समारोह आयोजना गरिँनेछ।

समारोहमा जापानी सम्राटको मन्तव्य रहनेछ।सम्राटको मन्तव्य पछि, उपस्थितहरूले युद्धको समयमा प्रभावित लगभग ३१ लाख पीडितहरूको सम्झनामा गर्दै पुष्पार्पण गर्नेछन् । कोरोना भाइरसको सातौं लहरका कारण यस वर्ष सहभागीहरूको संख्या भने सीमित हुनेछ।स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार यस वर्ष चार प्रिफेक्चरहरूले उपस्थित हुन रोक लगाएका छन्।

यय वर्ष गतवर्षको तुलनामा स्मृती सभामा सहभागी हुनेहरुको संख्या (परिचर र पाहुनासहित) बढेर करिब १ हजार पुग्ने अनुमान गरिएको छ जुन सामान्यभन्दा करिब ५ हजार कम हो ।

लगभग ८० प्रतिशत सहभागीहरू ७० वर्ष भन्दा माथिका रहनेछन् र तिनीहरूमध्ये सबैभन्दा जेठो, हिरोशिमा प्रान्तका ९५ वर्षीय व्यक्ति (जसको भाई युद्धको मैदानमा मरेका थिए) आफ्नो भाइको सम्झनामा उपस्थित हुने योजना रहेको छ ।

युद्धको बारेमा प्रत्यक्ष थाहा पाउने पुस्ताको संख्या घट्दै गएकोले, युद्धको समयमा मारिएकाहरुको ७ वर्षिया नातानातिनाहरुलाई पनि सहभागी हुनेछन्। उनिहरुलाई पनि युद्ध को सम्झनामा सहभागी गराई त्यस समयको वोध गराउने प्रयास गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार