टोकियो/जापान। जापानको ह्योगो प्रिफ्किचरमा एक प्रहरी अधिकृतले अधिक मादक पदार्थ सेवन गरी आफु संलग्न अनुसन्धानकै क्रममा रहेका तथा अन्य गरि ४ सय भन्दा बढि अपराध तथा सम्भावित अपराधीहरुको जानकारी हराएको प्रहरीले जनाएको छ ।
जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार,ति अनुसन्धान अधिकृतले मादक पदार्थले मातिएर बटोमै सुतिदिएका थिए । बेहोसीमा उनले ति अनुसन्धान विवरणले भरिएको झोला कतै फ्याकिदिएको या भुलेको हुनसक्ने अनुमान गरिएको छ ।
ति अनुसन्धान अधिकारीले गत शुक्रबार आफ्ना २ अनुसन्धान सहयोगीहरुसंगै, ह्योगोको निसिनोमियास्थित एक भट्टी पसलमा राती ८ः३० बजेबाट ११ बजेसम्म मद्यपान गरेका थिए ।४९ वर्षिया ति अधिकारी जब बिहान ५ बजेतिर ब्युझिए तब आफुसंग भएको कागजात राखिएको ब्याग हराएको थाह पाएको प्रिफेक्चरल प्रहरीले जनाएको छ ।
प्रहरीले कागजातमा संदिग्ध व्यक्तिको जन्ममिति, घरको ठेगाना र कार्यस्थल जस्ता व्यक्तिगत जानकारी समावेश गरेको थियो । यद्यपी हालसम्म ती जानकारीहरुको कतै दुरुपयोग भएको जानकारी नआएको बताईएको छ ।
जापानी प्रहरी अधिकारीहरूलाई अनुमति बिना कार्यस्थल बाहिर अनुसन्धान सामग्री लैजान निषेध गरिएको छ। तर अनुसन्धानकर्तालाई उद्धृत गर्दै प्रहरीले कागजात आफ्नो कार्यस्थलमा फिर्ता नगरी सिधै मदिरा पिउन बारमा गएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




