टोकियो/जापान । आज (१५ तारिख) बिहान जापानको राजधानी टोकियो नजिकैको चिबा प्रिफेक्चरको किमिचु सहरको एउटा घरमा सँगै बस्ने चारजना आफन्तलाई छुराले प्रहार गरी एकजनाको मृत्यु भएको छ।

सो घरमा १० जना आफन्तहरु एकल परिवारको रुपमा बसोवास गर्ने गरेको आफन्तबीचकै घटनाका रुपमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरी तथा आपतकालिन् उद्दार विभागका अनुसार आज बिहान करिब ३ः४० बजे किमिचु शहरको मिनामिकोयासुस्थित घरमा बस्दै आएकी एक महिलाले २२ वर्षीय पुरुषलाई आफन्तले छुरा प्रहार गरेको जानकारी दिएकी थिइन् ।

जब प्रहरी र दमकल विभाग घटनास्थलमा पुगे, उनीहरूले चार जना घाइते अवस्थामा फेला पारे । यसरी घाईते हुनेमा एक ४३ वर्षीय पुरुष, उनका २२ र १५ वर्षका छोराहरु र ती व्यक्तिको ४० वर्षिया भाइ रहेका छन् । ती मध्ये ४० वर्षीय भाइलाई अस्पताल पुर्याईएपनि उपचारकै क्रममा उनको मृत्यु भएको छ । १ जनाको मृत्यु भएपनि हाल उपचाररत ३ जना घाईतेहरु जोखिम मुक्त रहेको बताईएको छ ।

साथै, अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा घरको दोस्रो तल्लामा आगो लागेको थियो, तर त्यो निभाइएकाले अरु कोही घाइते भएका छैनन् । सो घरमा जम्मा १० जना आफन्तहरु बसोवास गर्दै आएका थिए । घटनाको प्रकृति हेर्दा घरयासी झगडाले हत्यासम्मको उग्ररुप लिएको देखिएको प्रहरीले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार