जापान । आज (१५ तारिख) दिउँसो, एहिमे प्रिफेक्चरको एक टापुबाट उडेको एक सिटे हेलिकप्टर हिरोशिमा प्रिफ्क्चरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।प्रहरीका अनुसार विमान नजिकै एक जना व्यक्ति फेला परेको र उनको मृत्यु भएको पुष्टि भएको छ ।
आज दिउँसो १ बजेपछि एहिमे प्रिफ्क्चरको कामिजिमा सहरको युगे तेशिमाबाट उडेको हेलिकप्टरको हिरोसिमा प्रिफेक्चरको राडारबाट सम्पर्क विहिन भएको थियो । प्रहरीका अनुसार हेलिकप्टर पछि हिरोसिमा प्रिफेक्चरको जिनसेकी कोगेनमा बाँध नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
विमानको नम्बर अनुसार त्यो हराएको हेलिकप्टर भएको पुष्टि भएको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनाग्रस्त विमान नजिकै एक व्यक्ति फेला परेको थियो र पछि मृत घोषित गरिएको थियो। अहिले प्रहरीले विमानमा सवार पाइलटको पहिचान पुष्टि गर्ने प्रयास गरिरहेको छ ।
सरकारलाई बुझाएको उडान योजना अनुसार हेलिकप्टरले दिउँसो १ः१५ बजे एहिमे प्रिफेक्चरको कामिजिमा सहरबाट उड्ने र ३० मिनेटपछि हिरोसिमा प्रिफेक्चरको जिनसेकी कोगेन सहरको अफ-एयरफिल्डमा पुग्ने तालिका थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




