टोकियो/जापान। यो वर्षलागेदेखि नै उच्च मात्रामा महंगी बढिरहेको जापानमा अब रेल सेवा संचालकहरुले पनि भाडा बढाउन् भएका छन् । जापानी संचार माध्यम एनएचकेमा प्रसारित एक खबरका अनुसार, अब ओदाईक्यु इलेक्ट्रिक रेलवे कम्पनीले आफ्नो सेवा रोमान्सकारको एक्सप्रेस भाडा पनि बढाएको छ ।
जापानमा यस वर्षको अन्त्यदेखि अर्को वर्षसम्ममा प्राय सबै रेलवे सेवाहरुको भाडा बृद्दि हुनेछ । ओदाईक्यु इलेक्ट्रिक रेलवेले अक्टोबरदेखि “रोमान्सकार” को एक्सप्रेसको लागि भाडा बढाउने घोषणा गरेको हो ।
कम्पनीले जनाए अनुसार आउँदो अक्टोबरबाट ओदाईक्युको रोमान्सकार एक्स्प्रेसको भाडा सिन्जुकुदेखि ओदावारासम्म ९१० येनबाट १००० येन, र सिन्जुकुबाट माचिदासम्मको भाडा ४२० येनबाट ५०० येन कायम हुनेछ ।
समग्रमा औसत २२ प्रतिशत भाडा बृद्दि गर्ने निर्णय गरेको कम्पनीले जनाएको हो । यसका जापानको प्रमुख रेलसेवा प्रदायक कम्पनी जेआर ईस्ट तथा वेस्टले पनि आफ्ना विभिन्न दुरीका सेवाहरुको भाडा वृद्धिको औपचारिक घोषणा गरिसकेको छ ।
जापानमा सन २०२२मा प्रवेश गरेसंगै हालसम्म दैनिक उपभोग्य वस्तु तथा सेवाहरु सहित झण्डै २० हजार वस्तु तथा सेवाहरुमा मुल्यवृद्धि भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




