टोकियो/जापान । आबे हत्याको कारणका रुपमा चर्चामा रहेको युनिफिकेसन चर्चसंग जापानका १०० जनाभन्दा बढी सांसदहरुको सम्बन्ध रहेको बुझिएको छ । गत, जुलाई ८ तारिख चुनावी प्रचारको क्रममा आमसभालाई सम्बोधन गर्दै गर्दा पछाडीबाट गोली प्रहार गरी पूर्वप्रधानमन्त्री आबेको हत्या भएको थियो ।

घटनास्थलबाट रंगेहात पक्राउ गरिएको संदिग्धले यो घटना राजनीतिक नभई आफ्नो आमाले एक धार्मिक संस्थामा ठूलो रकम दानगरी आफुहरु टाट पल्टिएको र उक्त धार्मिक समूहसंग आवेको सम्बन्ध रहेकाले हत्या गरेको बयान दिएका थिए ।

संदिग्धको यस्तो बयान पश्चात विश्वभर एकाएका बहसमा आएको युनिफिकेसन चर्चसंग, आबेको कस्तो प्रकारको सम्बन्ध थियो भन्ने पुष्टि नभएपनि,उनकै भाई नोबोउ किसी लगायत १०० जनाभन्दा धेरै सांसदहरुको निकटता रहेको बुझिएको क्योदो न्युजलाई उद्रित गर्दै जापान टाईम्सले खबर छापेको छ ।

उक्त धार्मिक समूहबाट चुनावी प्रचार तथा निर्वाचनको समयमा प्रचार/प्रसार लगायतका सेवाहरु लिने गरेको अनुसन्धानहरुले देखाएको छ । हालसालै प्रधानमन्त्री किसिदाले नयाँ मन्त्रिमण्डल गठन गर्दा,युनिफिकेसन चर्चसंगको सम्बन्धहरु बारे अध्ययन गरेर त्यस समूहमा सम्धन भएकाहरुलाई समावेश नगर्ने आशय व्यक्त गरेका थिए । तर त्यसो हुन सकेन, अहिलेको नया मन्त्रीमण्डलमा पनि ५ जनाभन्दा बढि त्यस्ता सांसदहरु रहेको आँकलन गरिएको छ ।

जसको युनिफिकेसन चर्चसंग सम्बन्ध कायम छ । अहिले, कतिपया सांसदहरु आफैँले आफ्नो सम्बन्ध तथा त्यस सम्बन्धको बारेमा स्पस्टिकरण दिएर चोखिने प्रयास गरेका छन् भने अझै धेरै सांसदहरुले सम्बन्धबारे गोपनीयता कायमै राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार