टोकियो/जापान । बिना कारण प्रहरीको निःशुल्क फोन सेवा(११०)मा २५० पटक भन्दा बढी फोन गरेर, कार्यमा बाधा पुर्याएपछि एक जना जापानीलाई प्रहरीले पक्राउ गरेको छ ।

११० मा २५० भन्दा बढी पटक मज्जाक गर्दै फोन कल गरी प्रहरीको नियमित महत्वपूर्ण कार्यमा बाधा पुर्याएको अभियोगमा ४७ वर्षीय एक व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको हो । महानगरीय प्रहरी विभागका अनुसार तेचुनोबु साकायाले अप्रिल महिनामा ११ दिनमा २६८ पटक अनावश्यक फोन गरी महानगरीय प्रहरी विभागको सञ्चार विभागमा कृयाशिल मुख्यालयका प्रहरी अधिकृतको काममा हस्तक्षेप गरेको अभियोग लागेको छ ।

अभियुक्त साकायले आफ्नो मोबाइलबाट पटक/पटक कल गर्ने र , “म जेल जान चाहन्छु।”मात्रै भन्ने गरेका बताईएको छ ।अनुसन्धानको जवाफमा, उनले भने, “मैले मेरो मोबाइल फोनबाट ११० मा कल गरेकोमा कुनै शंका छैन,” तर आफूले भनेको कुरा सम्झन नसकेका कारण केही आरोप अस्वीकार गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार