टोकियो/जापान ।आज पनि जापानको विभिन्न क्षेत्रहरुमा मौसमी बदली कायम छ । खासगगरी पश्चिमी जापानमा वर्षा तीव्र भएको छ भने उत्तरी क्युसुका केहि स्थानहरुमा मुसलधारे पानी परिरहेको छ ।

भारी वर्षाको कारण १८ तारिखसम्ममा पहिरो जाने तथा होचोँ भूभागमा बाढी आउने र पश्चिम तथै पूर्वी जापानका नदीहरुमा सम्भावित बाढीको जोखिम रहेको छ ।तोहोकुमा १८ तारिख भारी वर्षाको जोखिम रहेको छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार जापान सागरमा ओसिलो हावा स्थिर भागमा बगिरहेको छ, कारण मुख्यतया पश्चिमी जापान र विशेषगरी उत्तरी क्युसुमा एकपछि अर्को वर्षा भइरहेको छ ।

बिहान ९:०० बजेसम्मको डेटा अनुसार फुकुओकाको यामे शहरमा स्थापना गरेको रेन गेजले ९० मिमी मुसलधारे वर्षा रेकर्ड गरेको छ। राडार विश्लेषणका अनुसार बिहान ९ बजेसम्मको तीन घण्टामा फुकुओका प्रिफेक्चरको यामे सिटी, मियामा सिटी र ओमुता सिटी आसपासका क्षेत्रमा करिब १४० देखि १७० मिलिमिटर वर्षा भएको अनुमान गरिएको छ।

भारी वर्षाका कारण फुकुओका, किताक्युसु तथा ओईताका विभिन्न स्थानहरुमा झण्डै १० हजार घरपरिवार जोखिममा परेका छन् । वर्षा जारी रहेकाले यो अझै बढ्ने अनुमान गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार