टोकियो/जापान । मुख्यतया युरोप र संयुक्त राज्य अमेरिकामा फैलिरहेको मोन्कीपक्सको बारेमा(WHO)विश्व स्वास्थ्य संगठनले हालसम्म ९२ देश र क्षेत्रहरूमा ३५,००० भन्दा बढी संक्रमित व्यक्तिहरू पुष्टि भएको र १२ जनाको मृत्यु भएको खुलासा गरेको छ।

यहि अगस्ट १७ तारिख डब्ल्यूएचओले मुख्यालय, स्विट्जरल्याण्डको जेनेभामा पत्रकार सम्मेलन गरी विश्वभर संक्रमित बढ्दै गएको मन्कीपक्सको पछिल्लो अवस्थाबारे जानकारी गराएको हो ।

त्यस अनुसार युरोप, संयुक्त राज्य अमेरिका, दक्षिण अमेरिका आदिमा मंकीपक्सबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ भने हालसम्म ९२ देश र क्षेत्रका ३५ हजारभन्दा बढीमा संक्रमण भईसकेको छ ।

संक्रमित मध्ये १२ जनाको ज्यान गएको छ । सङ्क्रमित पुष्टि भएकाहरु अधिकांश पुरुषहरू छन् र यसरी संक्रमित पुरुषहरूमा हालसम्म यौन सम्पर्कको माध्यमबाट मंकीपक्स संक्रमण हुने गरेको भेटिएको छ ।

यद्यपी पछिल्ला दिन भने महिला र बालबालिकाहरू पनि सङ्क्रमित भएको रिपोर्ट आएको छ । त्यसैले सबै देशहरुलाई यसबारे विस्तृत रूपमा नियन्त्रणका उपायहरु पालना गर्न आग्रह गरिएको छ ।

यसका साथै , यो मन्कीपक्स नामले “विशेष समूह र जनावरहरू विरुद्ध पूर्वाग्रह निम्त्याउँछ,” त्यसैले WHO ले आम जनताबाट नयाँ नामको लागि सुझाव लिने र पछि सोहि अनुसारको निर्णय गर्ने योजना बनाएको छ। यो अगस्ट १० सम्म, जापानमा ४ जना मानिसहरुमा ​​मन्कीपक्स संक्रमित भएको पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार