जापान । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको विवाद करिब–करिब एक बर्षपछि मिलेको छ । गत बर्ष जुलाई ३० तारिक २०२१(२०२३ को कार्यकालको लागि सम्पन्न भएको निर्वाचनलाई रद्द गरेर फेरी जुलाई २९ मा फर्केर नयाँ कार्यसमिति बनाउनेमा सहमति भएको समाचार बाहिर आएको छ।
गएको आमनिर्वाचनमा चुनावी मतदानमा धाधँलि भएको र बाहिरी व्यक्तिहरुबाट पनि अनलाईन मार्फत मतदान भएको भन्दै असन्तुष्ट पक्षहरुबाट विवाद सिर्जना भएको थियो र धेरैपटक छलफलको प्रयासपछि यतिबेला विवाद मिलेको भन्ने समाचार सुनिएको छ र यसरी निर्णय लिदैँ गर्दा ति व्यक्तिहरुलाई लाज लाग्नुपर्ने हो तर आफुले पाएको पदले लाजलाई पनि छोपेको होकि जस्तो महसुस गर्न सकिन्छ।
जापानको एनआरएनए संस्थालाई कतै नैतिकताले त गिज्यारेहेको छैन ?
गएको वर्षको निर्वाचनमा अध्यक्ष पदको लागि ५ जना उम्मेदवारी विच प्रतिस्पर्धा भएको थियो जसमा धाँधली बाट भएपनि शिव प्रसाद पौडेल विजय भएका थिए तर अन्य प्रतिस्पर्धीहरुबाट भने निरन्तर विरोध आएको थियो र अन्त्यमा असन्तुष्ट पक्ष र विजयी पक्ष विच बारम्बारको छलफलको प्रयास पछि सहमतिमा आएको भन्ने समाचार सुनिएको छ ।
गएको वर्षको निर्वाचनको नतिजालाई रद्द गरेर फेरि पुरानै अवस्था फर्किने कुरामा सहमति रहेछ र यहाँबाट पनि बुझ्न जरुरी छ कि यिनिहरु पदको लागि कतिसम्म मरिहत्ते गरिरहेका रहेछन त कोहिलाई गएको चुनावको नतिजा रद्द पछि पनि त्यहि अध्यक्ष पद नै चाहिएको छ भने कोहि १ वर्ष सम्म धाँधली भएको भन्दै कराउदैँ विभिन्न व्यक्तिहरुलाई तितरबितर बनाउँदै एउटा संरक्षकको पद पाएर लुसुक्क परेर हात मिलाउदैँ गरेका तस्विर सामाजिक सन्जालतिर भाइरल बनाईरहेका छन् ।
यसरी नैतिकका आधारमा कुनै औचित्य नभएका व्यक्तिहरु फेरि उहिँ कार्यसमितिमा रहेर नेपाली समुदायको हकहितको लागि सहि कार्य गर्छन भनेर कसरी विश्वास गर्ने हामीलेरु के यो कुरालाई विश्वास दिलाउने कुनै आधार छ अहिलेको पदमा रहेका व्यक्तिहरु सङ्ग रु यदि उनिहरुले निर्वाचनमा अनाधिकार भोट प्रयोग गरेको भए उनिहरुलाई उचित किसिमको कारबाही गर्न किन पछि पर्यो विरोधि पक्षहरु ?
१ जनालाई संरक्षक र अरुलाई सल्लाहकार राखेर विवाद समाधान हुने भए अहिले सम्म यस्ता किसिमका रोइलो किन देखाएरु अहिलेको यो अवस्थाले त दुबै पक्ष नै नैतिक पतन भैसकेका होइन र ? विदेशि भुमिमा रहेर कुनै पनि संस्थाहरु निस्वार्थ रुपमा सामाजिक कार्यमा अघि बढ्नु भनेको आम नेपालीहरुकै लागि गौरवको कुरा हो।
पछिल्लो समय सामाजिक सेवाको नाममा आफ्नो स्वार्थ पुरा गर्ने केहि व्यक्तिहरुको खराब नियतले गर्दा यतिबेला एनआरएनए जस्तो निस्वार्थ भावना बोकेको प्रतिष्ठित संस्था पनि घृणित हुन पुगेको होकि भन्ने महसुस भएको छ। व्यक्तिको क्षमता भन्दा नि आफन्त, पैसाको बिटो र राजनीतिक दलहरुको सहयोगबाट पद ग्रहण गरेकाहरुलाई के थाहा संस्था प्रतिको माया, मोह र जिम्मेवारी भन्ने कुरा।
एनआरएनए भित्रै बढ्दो राजनीतिक अराजकता साथै विभिन्न व्यक्तिहरुविचको गुट तथा उपगुटले गर्दा पनि यतिबेला एनआरएनए जापान अस्तव्यस्त जस्तै भएको देखिन्छ।यसरी संस्थाका भित्र(भित्रै मौलाएका केहि अवसरवादी व्यक्तिहरुले गर्दा वर्तमानमा मात्रै नभई आगामी दिनमा पनि एनआरएनए प्रति हेर्ने दृष्टिकोण माथि नै प्रश्न आउने अबस्था आएको छ।
यतिबेला जापानमा करिब करिब १ लाख भन्दा बढि नै नेपालीहरु रहेका छन जसमा कोहि विभिन्न पेशा तथा व्यवसायहरुमा आबद्द छन भने कोहि विद्यार्थी र पारिवारिक भिसामा पनि रहेका छन र हामी सबैको अभिभावकको रुपमा एनआरएनए जापान रहेको छ।
यतिका संख्यामा हामी यहाँ रहदैँ गर्दा हामीलाई विभिन्न किसिमका समस्या सिर्जना हुन सक्छन भने केहि समस्याहरुमा सहयोगको आवश्यकता पनि पर्न सक्छ त्यसैले यिनै कुराहरुलाई लक्षित गरेर होला जापानमा एनआरएनएका विभिन्न क्षेत्रीय समितिहरु पनि गठन भएका छन तर यसरी समिति गठन हुदैँ गर्दा काम भन्दा पनि बढि पदिय लोभमा बस्नेहरु धेरै देखिन्छन्।
गएको निर्वाचन पछि अहिलेसम्म निस्कृय रहेपनि अबको दिनमा सकृय भई एनआरएनए जापान अघि बढ्न जरुरी रहेको छ। कोभिड १९ को लामो प्रभावपछि यतिबेला जापानमा नयाँ विद्यार्थी तथा वर्किङ भिसामा आउने व्यक्तिहरुको संख्या पनि क्रमिक रुपमा बढिरहेको छ र उनिहरुलाई सहयोग गर्न पनि जरुरी रहेको देखिन्छ।
विभिन्न देशका विद्यार्थीहरुको बढ्दो आगमनले गर्दा यतिबेला धेरै विद्यार्थी भाईबहिनीहरु काम बिहिन भई आर्थिक तथा मानसिक रुपमा कमजोर हुदै जान सक्ने अवस्था आएको छ त्यसैले तत्काल नयाँ विद्यार्थी भाईबहिनिहरुको हकहितको लागि पनि सोचेर अघि बढ्न आवश्यक रहेको छ साथै जापानमा रहेका पुर्व-विद्यार्थीहरुबाट आगामी मार्च महिनामा सेनमोन तथा दाइगाकु र कम्पनी प्रवेश बारे पनि विभिन्न किसिमका जानकारी दिन सकियो भने केहि सहज हुने थियो ।
एनआरएनए जापानले सधैँ आर्थिक सहयोग मात्रै नभई विभिन्न किसिमका सन्देशमुलक तथा ज्ञानबर्धक सांस्कृतिक मौलिकता झल्काउने कार्यक्रमहरु राखेर नेपाली समुदायलाई सचेत गराउन सक्ने हो भने पनि उपलब्धिमुलक कार्य मानिन्छ। पछिल्लो समय जापानमा विद्यार्थी भिसामा रहेका व्यक्तिहरुबाट बढिरहेको आत्महत्या घटनाबारे पनि गम्भिर रुपमा सोचेर अघि बढ्न जरुरी देखिएको छ।
जापानमा रहेका नेपाली कुकहरुको समस्या बारे किन मौन छ एनआरएनए ?
जापानमा एनआरएनए को उच्च पदमा रहेका धेरै जसो व्यक्तिहरु नै नेपाली रेस्टुरेन्टको सन्चालक रहेका छन।त्यसैले पो होकि नेपाली कामदारको समस्याको बारेमा मौन रहेका न त उक्त कामदारको समस्या राख्ने ठाँउ छ न त समस्या सुनिदिने निकाय नै छ।
विशेषगरी नेपाली रेस्टुरेन्टहरुमा ध्यचपष्लन भिसा मार्फत नेपाली कामदारहरु ल्याउदा नेपाल सरकार सङ्ग नै समन्वय गरि निश्चित मापदण्ड निर्धारण गर्न पनि जरुरी देखिएको छ।केहि रेस्टुरेन्टका सन्चालकहरुले एकजना कामदार नेपालबाट झिकाए बापत १२-१५ लाख सम्म असुल्ने गरेको पनि सुनिन्छ साथै कामगरे बापत प्रतिमहिना १० मान तलब दिन पनि गार्हो मान्ने गरेको पनि सुनिन्छ यस्तो अवस्थालाई एकप्रकारले भन्ने हो भने जापानमा नेपालीहरुद्वारा नै नेपालीहरु नै श्रमशोषणमा परिरहेका छन । तर यस्ता किसिमको समस्याको समाधान कुन कार्यकालको एनआरएनए ले गर्छ होला ?
जापानमा रहेका विभिन्न नेपाली संस्थाहरुमध्ये सबै ठुलो संस्था एनआरएनए रहेको छ त्यसैले जापानमा रहेका नेपालीसमुदायको हित हुने कार्य सङगै देश प्रति पनि जिम्मेवारी हुदैँ काम गर्न सक्यो भने एउटा विश्वासिलो र गर्व गर्न सक्ने संस्थाको रुपमा स्थापित हुने थियो कि !
एनआरएनए संस्थाले २ देश बिच रहेर आर्थिक, व्यापारिक तथा कुटनीतिक सम्बन्धलाई पनि सुमुधुर गराउनको लागि विशेष भुमिका निर्वाह गर्नुपर्दछ।नेपाल सरकार तथा जापान सरकार लगायत विभिन्न पेशा तथा व्यवसायका व्यक्तिहरु सँग सहकार्य गरी नेपालमा जापानी लगानिकर्ता भित्र्याउने माहोल तथा नेपालका विभिन्न पर्यटकिय क्षेत्र र रैथाने सामान तथा वस्तुहरुको बारेमा जानकारी प्रदान गरेर पर्यटन भित्र्याउने काम गर्न सकियो भने पनि देशको आर्थिक विकाशमा टेवा पुर्याउन सहयोग गर्दछ।साथै जापानमा रहेका नेपाली युवाहरुलाई स्वदेश गई आफुले सिकेका विभिन्न सीप तथा ज्ञानका आधारमा रोजगार तथा व्यवसायको लागि सहज हुने वातावरण मिलाउन पनि पहल गर्न सके पनि राम्रो थियो तर आन्तरिक विवाद मिलाउन नै लगभग १ लगाउने एनआरएनए संस्थाबाट के हामीले आश राख्नु उचित होला त ?
के फेरि पनि यिनै अनुहारहरुले एनआरएन जापानको आगामी २०२३-२०२५ कार्यकालका लागि निष्पक्ष र धाँधली रहित निर्वाचन सम्पन्न गर्ला तरु
मोहन कुवर सत्यवती २, चेहेमी गुल्मी
हाल जापान ओसाका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




