
धरान । धरानमा बालिका करणी गरेका आरोपमा एक जना पक्राउ परेका छन् । फरक क्षमता भएकी बालिकालाई करणी गरेको आरोमा ८ नम्बर वडास्थित गुराँस चोकनजिकै ५२ वर्षीय व्यक्ति पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कार्यालयका अनुसार करिब २ महिनाअघि करणी गरेका भन्दै बालिकाले दिएको उजुरीका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
आरोपी उक्त पुरुष पक्राउ परेसँगै बालिकाको स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणका क्रममा डाक्टरको रिपोर्टका अनुसार बालिका गर्भवती रहेको बताइएको छ । पक्राउ परेका पुरुषलाई सुनसरी जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया भइरहेको कार्यालयले जनाएको छ ।
बोल्न र राम्रोसँग हिँड्न नसक्ने ती १६ वर्षीय बालिका आरोपी पुरुषको घरमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ । घरका बुबा–आमा नभएको बेलामा करणी गरीको भए पनि बालिकाको रजस्वला रोकिएको र बान्ता गर्न थालेपछि सोधपुछ गर्दा करणी भएको र गर्भवती समेत रहेको खुलेको बालिकाकी आमाले बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




