टोकियो/जापान । जापानी नागरिकसँग बिहे गरेकी एक विदेशी महिलाले आफू विवाहित जोडीको रूपमा सँगै बसेको झुटो विवरण पेश गरी, आफ्नो भिसा स्टाटस परिवर्तन गरेको अभियोगमा पक्राउ परेको खबर प्रकाशित भएको छ ।

जापानी नागरिकसँग बिहे गरेर जापान प्रवेश गरेको भएता पनि उनिहरुसँगै बस्ने नगरेको तथा ब्यवहारिकरुपमा बैबाहिक सम्बन्ध नै नरहेकाले गैरकानूनी रूपमा आफ्नो निवासको स्थिति परिवर्तन गरेको आरोपमा महानगरीय प्रहरी विभागले एक फिलिपिन्स महिलालाई पक्राउ गरेको हो ।

महानगरिय प्रहरी विभागका अनुसार फिलिपिन्सका नागरिक यामामोतो क्रिस्टल मेरी गेल मेलान लेउङलाई २०१९ मा ओसाका अध्यागमन ब्यूरोमा झूटो आवेदन दिएको र अवैध रूपमा आफ्नो निवासको स्थिति “स्थायी बासिन्दा” मा परिवर्तन गरेको आशंका गरिएको छ।

यामामोतो सन् २०१४ मा शिगा प्रिफेक्चरमा बस्ने जापानी व्यक्तिसंग बिबाह गरी जापान प्रवेश गरेपछि, उनले आफ्नो निवासको हैसियत नवीकरण गरे, उनले “विवाहित जोडीको रूपमा सँगै बस्ने” आवेदन दिए तर वास्तवमा उनी सँगै बसेका थिएन् । उक्त बिहे वास्तविक विवाह नभई नक्कली विवाह रहेको बुझिएको छ ।

अनुसन्धानको जवाफमा यामामोतोले आरोप अस्वीकार गर्दै भने, ” हामीले सँगै नबसेपनि,बिहे दर्ता लगायतका आवश्यक प्रकृयाहरु पुरा गरेकाले यो वैधानिक भन्ने महशुस गरि भिसा आवेदन दिएको थिएँ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार