दाङ । बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुलेको आरोपमा दाङका एक पुरुषसहित चार जना महिलाको समूहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे जानकारी दिन बिहीवार गरेको पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेका दिनेश घर्ती मगरलाई धम्की दिइ रकम असुली गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिपकुमार वली, घोराही १० की पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया पर्मिला नेपाली रहेको छन् ।

पक्राउ परेकी सर्मिलाले पीडित घर्तीलाई गएको साउन २६ गते राति ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् । त्यसलगत्तै पक्राउ परेका अन्य चार जना केहीबेरमा घरमा आइ डर देखाइ बलात्कारको मुद्दामा फसाउने धम्की दिएका थिए ।

त्यसपछि उनीहरूले पीडित घर्तीबाट नगद एक लाख र दुई–दुई लाखका दुई वटा चेक फरक–फरक मितिमा र एउटा चेक सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ बेइमानीपूर्वक लाभ लिएको पाइएको छ । पक्राउ परेकामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार