टोकियो/जापान । आज (अगस्ट १८ )तारिख जापानमा एकैदिन २ लाख ५५ हजार ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन पुष्टि भएको यो संख्या हालसम्मकै उच्च हो ।

यसअघि यसै महिनाको १० तारिख २ लाख ५० हजार ३ सय ४७ जनाको उच्च संक्रमण पुष्टि भएको थियो ।यसका साथै आज एकैदिन २८७ जना संक्रमितहरुको निधन भएको छ । जापानमा पछिल्लो दिन मृत्युदर पनि निकै बढिरहेको छ ।

आज,टोकियोमा २७,४५३ जनामा संक्रमण पुष्टि भएको छ, यो गत बिहीबारको तुलनामा झण्डै ४,००० जनाले कमी हो , तर ओसाकामा यो संख्या २४,००० नाघेको छ, गत हप्ताको तुलनामा २,००० भन्दा बढीले बढेको छ ।

यसरी हेर्दा ओबोनको समयमा आफ्नो जन्मस्थान जानेहरुले टोकियो बाहिरका प्रिफेक्चरहरुमा संक्रमण बढाएको देखिएको छ । आज होक्काईदोमा पहिलो पटक ८ हजार ३ सय १५ जनाको उच्च संक्रमण पुष्टि भएको छ । यसका अलवा आज जापानका ४७ मध्ये २२ प्रिफेक्चरहरुमा उच्च रेकर्ड कायम भएको बताईएको छ ।

जापानमा हालसम्म १ करोड ६४ लाख ६५ हजार ६ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये ३६ हजार ३ सय २ जनाको मृत्यु भएको छ भने १ करोड ४२ लाख ५६ हजार ४ सय ५६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार